• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

भरतपुरमा गठबन्धनको अग्रता कायमै

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

ओलिले भनेका थिए यदि मैले कुर्सि छोडे भने भाचेरै मात्र छोड्छु

  •  राष्ट्रिय संचार
  • ६ पुष २०७७, सोमबार ०८:१३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    पुस ६, काठमाडौं । तत्कालका घटनाक्रमका कारण प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको देखिए पनि कुनै पनि बेला यस्तो कदमसम्म चाल्न उनी योजनाबद्ध रूपमै अघि बढेको घटनाक्रमबाट देखिन्छ ।जस्तो– पार्टीभित्र विरोध हुँदाहुँदै वैशाखमै फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश उनले पुनः जारी गरे ।

    यो अध्यादेश जारी गर्दा पार्टीभित्र रडाको झन् मच्चिन्छ भन्ने उनले बुझेका थिए । पार्टीभित्र तीव्र विरोध भएपछि अध्यादेश फिर्ता लिने विषयमा उनी सहमत भए, स्थायी कमिटी बैठकले फिर्ता गर्न निर्देशन दियो । तर उनले निर्देशनअनुसार अध्यादेश फिर्ता गरेनन् ।आजको कान्तिपुर दैनिक लेख्छ–अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक गरेर संवैधानिक निकायमा पदाधिकारी सिफारिसको निर्णय गराए ।

    Advertisement

    जे निर्णयबाट पार्टीभित्र माहोल बिग्रिन्छ, त्यही हुँदै गयो । ओलीले सुरक्षा परिषद्को बैठक बोलाउने र सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गर्ने क्रमलाई पनि बाक्लो बनाएका थिए । आफूविरुद्ध घेराबन्दी भए जुनसुकै कदम चाल्न सक्छु भन्ने सन्देश उनले पार्टीका नेताहरूलाई बेलाबखत दिने गरेका थिए ।
    गत असार १६ गतेको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि त्यतिबेलै पनि ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावमा जाने तयारी गरेको गाइँगुइँ चलेको थियो । त्यतिखेरैको एउटा भेटमा ओलीले अर्का अध्यक्ष प्रचण्डसँग आफूले पद त्याग गर्नुपर्ने स्थिति आए बसिरहेको कुर्सी नै भाँचिदिने चेतावनी दिएका थिए ।

    ओलीको यही चेतावनीका कारण त्यतिखेर आफूहरूसँग बहुमत हुँदाहुँदै पनि उनका विरुद्धमा जान नसकिएको प्रस्टीकरण दाहालले आफू निकटस्थ स्थायी कमिटी सदस्यहरूको भेलामा दिएका थिए । ओली यो हदमा जान सक्छन् भन्ने ठानी जोखिम टार्न कार्यदल बनाएर दुई अध्यक्षबीच शक्ति सन्तुलन मिलाउने कोसिस गरिएको थियो ।

    हिजो,प्रधानमन्‍त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद्‌ विघटनको सिफारिस गरेका थिए । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् ।प्रधानमन्त्री ओलीले शनिबार दिउँसो नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामदेव गौतमलाई संयुक्तरूपमा दाहाल निवासमा भेटेका थिए। त्यसपछि उनी गृहमन्त्रीलाई भेट्न उनकै निवास पुगेका थिए।

    पार्टीभित्रको भेटघाट सकिएपछि उनी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए। नेकपामा बढ्दो किचलोको बीच भइरहेका दाउपेच आफ्नो पक्षमा पार्न एकपछि अर्को राजनीतिक र संवैधानिक ‘अट्याक’ सुरु हुन थालेका थिए।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ६ पुष २०७७, सोमबार ०८:१३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा गठबन्धनको अग्रता कायमै
    सुनको मूल्य प्रतितोला ९६ हजार ७००
    नौ मतदान केन्द्रमा आज मतदान
    यो पनि हेर्नुहोस
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. भरतपुरमा गठबन्धनको अग्रता कायमै

    • २. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • ३. नौ मतदान केन्द्रमा आज मतदान

    • ४. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ५. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology