• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

समाजसेवा गर्न राजनीति गर्नैपर्छ भन्ने छैन : मनीषा कोइराला

  •  राष्ट्रिय संचार
  • ६ पुष २०७७, सोमबार ०८:२९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । राजनीतिलाई मैले करिअरका रुपमा हेर्न सक्दिनँ । यसलाई सेवाका रूपमा हेर्न सक्छु । सेवा गर्ने हो भने राजनीतिमा आउनै पर्छ भन्ने म सोच्दिनँ । समाजसेवा गर्नका लागि अरू धेरै उपाय हामीसामु छन् । समाजमा राम्रो काम गर्न राजनीति गर्नुपर्छ भन्ने कतै लेखिएको छ र ?’ उल्लिखित भनाइ हुन्, चर्चित अभिनेत्री एवम् लेखक मनीषा कोइरालाका ।

    कोइरालाले आफ्नो संस्मरणात्मक कृति ‘जिजीविषा’मा उनले आफूलाई क्यान्सर लागिसकेपछिका अवस्था र त्यसले आफूलाई सिकाएको ज्ञान समाजलाई बाँड्ने इच्छा छ भनेको सन्दर्भलाई लिएर गरिएको प्रश्नमा उनले यस्तो भनाइ राखेकी हुन। आफू राजनीतिक वाता वरणमा हुर्किए पनि यसमै जीवन समर्पण गर्ने सोच नरहेको उनको भनाइ छ । ‘म राजनीतिक बातावरणमा हुर्किएँ ।

    Advertisement

    मेरो घरमा राजनीतिको चर्चा पहिलेदेखि अहिलेसम्म हुने गर्छ, विभिन्न राजनीतिक घटना क्रमको साक्षी पनि बनेकी छु,’ उनले भनिन्, ‘तर यसैमा लागौं भन्ने सोच अहिलेलाई छैन ।’ अभिनेत्री कोइरालाको बेस्ट सेलर कृति ‘हिल्ड’को नेपाली अनुवाद ‘जिजीविषा’ फाइनप्रिन्टबाट प्रकाशनमा आएको छ । यसको अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् ।

    यसैको भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले भनिन ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन। अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरि राख्नू भन्नुभएको थियो । यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यति बेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ । र त्यसलाई पछि पुस्तका रुपमा ल्याएकी हुँ ।’

    क्यान्सर लागेपछि भोगेका कुरा र त्यसबाट प्राप्त ज्ञानलाई किताबमा लेखें भने र समाजलाई आफ्नो ज्ञान दिन सकें भने आफ्नो जीवन सार्थक हुनेछ भनेर पुस्तक लेखेको उनको भनाइ छ । ‘पुस्तक लेख्नुको मेरो उद्देश्य नै अप्ठ्यारो परेको बेलामा मनुष्य जीवनलाई केही बाटो देखाउन सकिन्छ कि भन्ने हो,’ उनले भनिन् । धेरैले ‘ग्ल्यामरस लाइफ’मा दुःख हुन्न भन्ने सोच्छन्, तर त्यस्तो सोचे जस्तो नहुने उनले बताइन् ।

    भनिन्, ‘मैले असाध्यै अप्ठ्यारो परिस्थिति पनि धेरै झे’लेकी छु।’ धेरै जसो मानिसको चाहना हुन्छ, आफ्नो जीवनको पर्फेक्सन मात्र देखाउने तर आफूले पुस्तकमा पर्फेक्सन देखाउनतिर नलागी ‘जीवनको तीतो सत्य’लाई प्रकटीकरण गरेको उनको भनाइ छ । ‘म जति अनेस्ट हुन सक्छु, पुस्तकमा त्यति भएकी छु,’ उनले भनिन् ।

    Advertisement

    क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन्। ‘पहिला म धेरै केयरलेस थिएँ। रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरुलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘वास्तवमा मनुष्यजीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौं ।’ त्यसमा सचेत हुन पुस्तकले धेरथोर सिकाउने उनले बताइन् ।

    ‘मलाई क्यान्सरले दिएको एउटा सन्देश पनि के हो भने, मान्छेको जीवनमा धेरै चमक धमक मात्र हुनु ठूलो कुरा होइन, आफूलाई कतिले चि’न्छन् भन्नु पनि ठूलो नहुन सक्छ, तर आफ्ना लागि कति छन् भन्ने विषयले धेरै अर्थ राख्छ’ उनले भनिन् । क्या’न्सरले पारेको अप्ठ्यारो परिस्थिति मात्र होइन, पुस्तकले जीवनका अन्य कठिनाइहरुलाई पनि सूक्ष्म रुपमा समेटेको छ ।

    Advertisement
    Advertisement

    Post Views: 787
    ६ पुष २०७७, सोमबार ०८:२९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology