पुस ७, काठमाडौं । फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १२ सय सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका छन्।
मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा प्रधानमन्त्री ओलीले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको जानकारी दिएका हुन्।
नेकपामा अहिले ४ सय ४६ जना केन्द्रीय सदस्य छन्। आजै ५ सय ५६ जना नयाँ सदस्य थप्ने र १ सय ९७ जना पछि थप्ने गरी महाधिवेशन आयोजक समिति बनाउने ओलीको योजना छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।