काठमाडौँ — नेकपाका उपाध्यक्ष वामदेव गौमतले तत्काल कुनै समूहमा नजाने बताएका छन् । मंगलबार बिहान नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गौतमलाई भेट्न उनको निवास गएका थिए ।
गौतमलाई दिउँसोको स्थायी र केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आग्रह गर्दै नेताहरु त्यहाँ पुगेका थिए ।
तर, गौतमले आजका कुनै बैठकमा सहभागी नहुने बताएका छन् । उनले दुई चार दिन सोच्न समय चाहिएको त्यहाँ पुगेका एक नेताले बताए । ‘म आज कुनै बैठकमा जान्नँ । दुई चार दिन पख्नुस् । पछि निर्णय गर्छु भन्नुभयो,’ गौतमको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
अध्यक्ष दाहाल र नेपालले १२ बजे स्थायी र १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैकठ बालुवाटारमा जारी छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।