• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

भरतपुरमा गठबन्धनको अग्रता कायमै

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

ओली र प्रचण्ड मिलाउन वामदेवको यस्तो प्लान

  •  राष्ट्रिय संचार
  • २७ पुष २०७७, सोमबार १७:५९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं, २७ पौष । राष्ट्रिय सभाको बैठकमा दिनानाथ शर्माले वामदेव गौतमको नामै लिएर नेपाल कम्युनिस्ट पार्टी मिलाउन रसायन हुनसक्ने बताएका थिए । उनले गौतमले मिलाउन सक्ने भनेका थिए । नभन्दै गौतम रसायन बोकेर फुटेको नेकपा मिलाउन लागिपरेका छन् ।गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरिसकेका छन् । शनिबार घोषणा गरेको अभियानमा उनी स्वयं संयोजक छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउन छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । उनले दुवै नेतासमक्ष एकताको सूत्रबारे समेत प्रस्ताव गरे ।

    गौतमले नेकपा मिलाउन आएको चिनियाँ टोलीसँग पनि भेटवार्ता गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौंसँग भेटी नेताहरुलाई मिलाउने सूत्रबारे कुरा गरेका थिए । उनले चीनबाट रसुवा नाका हुँदै पसेको तीनजना चिनियाँसँग पनि भेटेको बुझिएको छ । अहिले गौतम र चिनियाँहरुको नेकपा मिलाउने स्वार्थ मिलेको छ । त्यसैले गौतमप्रति चीनले बढी भरोसा गरेको देखिदैछ ।

    Advertisement

    गौतमले निर्वाचन आयोगमा समेत सम्पर्क गरी नेकपा विवाद सल्टाउने उपायबारे कुरा गरेको बुझिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग यसबारे कुरा गरेको थिए । विश्वस्त स्रोतका अनुसार गौतमले केही समय नेकपा विवादको टुंगो लगाउन अलमल गर्न भनेका छन् । थपलिया यसप्रति सकारात्मक भएका छन् ।
    आयोगले पनि वामदेवकै लाइनमा निर्णय लिने बुझिएको छ । राजनीतिक दलसम्बन्धी ऐनले नेकपा विभाजन हुन मिल्दैन । वामदेवले पनि यही लाइन समातेका छन् ।

    एमाले र माओवादी मिलेर बनेको नेकपा फुट्न कम्तिमा पाँच वर्ष एकीकरण भएको हुनुपर्छ । तर, नेकपा एकीकरण भएको तीन वर्ष मात्र पुगेको छ । फुटका लागि अध्यादेश ल्याएर ऐन संशोधन अनिवार्य हुन्छ । यही बिन्दु टेकेर निर्वाचन आयोग अघि बढ्दैछ । पार्टीको आधिकारिकता ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई मात्र दिने तयारी भएको छ । वामदेवले खोजेको पनि यही हो । उनी अहिले पनि ओली र प्रचण्ड दुवै अध्यक्ष भएको नेकपामा छन् । दुवै समूहले उनलाई उपाध्यक्ष मानेकै छ ।
    नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम एकता अभियानको घोषणा गरेका छन् । उनले आज प्रेस विज्ञप्तिमार्फत् नेकपाको कुनैपनि समूहको नलागेको स्पष्ट पार्दै आफू संयोजक बनेर एकता अभियानको घोषणा गरेका हुन् ।

    नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोज कबनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक अपिल गर्दै तपाईहरुको अगाडि खडा भएको छु, गौतमले विज्ञप्तिमार्फत् भनेका छन् । उनले पार्टी एकता जोगाउन वा पुनः एकीकरण गर्ने उद्देश्यले अभियान चलाएको तर्क गरेका छन् ।

    पुनः एकीकरणको अभियानमा सामेल नहुने नेताहरुलाई जनताले माफी नदिने समेत गौतमले बताएका छन् । उनले एकता अभियानमा संगठित हुन र एकता अभियानको नाम संगठन खडा गर्न अपिल समेत गरेका छन् । कसैलाई पनि अपमान नगर्ने शैली अपनाउन उनले आग्रह समेत गरेका छन् । गौतमले भनेका छन्, हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २७ पुष २०७७, सोमबार १७:५९ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा गठबन्धनको अग्रता कायमै
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    यो पनि हेर्नुहोस
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    ओलीलाई गृहवडामै धक्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. भरतपुरमा गठबन्धनको अग्रता कायमै

    • २. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • ३. नौ मतदान केन्द्रमा आज मतदान

    • ४. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ५. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology