घुम्न रुचाउने मानिसहरूको लागि उपल्लो मुस्ताङ (अपर मुस्ताङ) प्राथमिकतामा पर्छ । रफ रोडमा कुद्ने गरी डिजाइन गरिएका बाइकहरूमा उपल्लो मुस्ताङमा धेरै युवाहरू पुग्ने भएता पनि १२५ सिसीको स्कुटरमा काठमाडौँदेखि उपल्लो मुस्ताङसम्मको यात्रा गर्ने साहसी युवती हुन् सारा श्रेष्ठ ।
काभ्रेको बनेपाकी श्रेष्ठ एमाहाको रेजेडआर १२५ सिसीको स्कुटरमै काठमाडौँदेखि उपल्लो मुस्ताङसम्म पुगेर फर्किएकी छिन् ।काठमाडौँ आएपछि उनले आफ्नो अनुभव शेयर गरेकी छिन् । उनीसँग गरिएको कुराकानीको हेर्नुहोस् भिडियोमा:
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।