साउन २४, काठमान्डू । नेकपा (एमाले)को केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक सोमबार (भोलि) बसिने भयको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न सोमबार बैठक बसिने भयको हो |
एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते तोकिएको छ, भने विधानअनुसार विधान महाधिवेशनको एक महिनाअघि सदस्यहरूलाई प्रस्ताव अध्ययनका लागि वितरण गर्नुपर्नेछ । त्यस्तै, तामाङका अनुसार सदस्यता नवीकरण र तल्ला तहका कमिटीहरूको गठन पुनर्गठनमा एमाले केन्द्रित हुनेछ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।