महन्थ पक्षले पार्टीको नाम जुराउन छलफल थालेको छ।
निर्बाचन आयोग जनता समाजवादी नेपाल लोकतान्त्रिक पार्टी लागि निबेदन दिए पनि निर्बाचन आयोगबाट दर्ता भएको अन्य पार्टीको नामसंग जुध्ने भएको भन्दै अर्को नाम परिबर्तन गरी ल्याउन सुझाब दिएको थियो। फलस्वरुप महन्थ ठाकुर नयाँ नाम राख्नको लागि आफ्ना नेताहरुसंग छलफल गरेको बताए।
महन्थ ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने बिषयमा तयारी भैरहेको बताएका छन्। तर सहमती चाहिँ भई सकेको छैन। कतिपय नेताहरुले राजपा वा तमलोपा राख्न सुझाब दिए पनि सहमती हुन नसकेको बताएका छन्।
आयोगको सूचना अनुसार नयाँ दल दर्ता गराउन आएका नेता पक्षले आफै सच्याएर ल्याए दर्ता प्रक्रिया बढ्ने अन्यथा आयोगबाट सम्बन्धित पक्षलाई सूचना पठाउने भएको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।