• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

आरजू राणाको ‘राखी कुटनीति’ र चौथाइवालेको सक्रियता, नेपाल-भारतको सम्बन्ध अब के होला?

  •  पूर्ण खडका
  • ९ भाद्र २०७८, बुधबार ११:१४ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं भाद्र ९: कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ४० दिनपछि भारतीय संस्थापन पक्षका नेताको काठमाडौंमा दौडधुप चर्कै देखिन आएको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाल आइतवार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा अवतरण गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

    जनै पूर्णिमाका दिन नेपाल आइपुगेका उनले बालुवाटारमा पुगेर ‘रक्षा बन्धन’ मनाए। प्रधानमन्त्री शेरवहादुर देउवाको धर्म पत्नी डाक्टर आरजु राणाले चौथाइवालेलाई राखी बाँधिदिएर भातृत्वको सत्कारसहित स्वागत गरेकी छन्।
    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिर्गमनको बाटो देखाउन कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको माधव नेपाल समूह एक हुँदै गर्दा भारतीय संस्थापन पक्ष अलि सशंकित देखिन्थ्यो। भारतीय नेताले गठबन्धनलाई भारत विरोधी समूहको रुपमा व्याख्या गर्दै ओली नेतृत्वको सरकार नै भारतका लागि सहज हुने टिप्पणी गरेका थिए।

    Advertisement

    देउवाको सत्तारोहणको चालिसौँ दिनमा नेपाल आइपुगेका भाजपा नेता चौथाइवालेले नेपालको संस्थापन पक्षसहित विपक्षी नेताहरुसँग पनि भेटवार्ता गरेका छन्। उनको यो भ्रमण सरकारीस्तरबाट नभए पनि यसले दुई देशबिचको सम्बन्ध र विश्वासमा मद्दत पुग्ने कांग्रेस नेता तथा पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महत बताउँछन्।

    ‘हुन त यो दुई देशका सरकारका प्रमुख वा प्रतिनिधिबिचको वार्ता होइन। यो दुई देशबिचका राजनीतिक दलहरुका नेताहरुबिचको भेटवार्ता हो,’ उनले अगाडि भने, ‘यद्यपि, दुई देशका सत्तारुढ दलका नेताहरुको भेटवार्ताले विश्वासको वातावरणलाई अगाडि बढाउन मद्दत भने पुग्छ।’

    देउवा प्रधानमन्त्री नियुक्त हुँदा रिजर्भमा राखेको भारतले उनलाई बधाई दिनका लागि विश्वासको मत नपाउन्जेल कुर्‍यो। यसअघि प्रधानमन्त्री नियुक्त हुनासाथ टेलिफोन गरी बधाई दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परम्परा बदले र पाँच दिन पर्खिए।

    देउवा प्रधानमन्त्री भएपछि भारतीय सत्तारुढ दलबाट राजनीतिक तहमा भएको यो पहिलो भ्रमण हो। स्रोतका अनुसार यस भ्रमणको चाँजोपाँजो नेपाली कांग्रेसका नेताहरुले गरेका थिए। कांग्रेस सहमहामन्त्रीसमेत रहेका पूर्व परराष्ट्रमन्त्री महतले भ्रमणको व्यवस्थापन गरेका हुन्।

    Advertisement

    पछिल्लो समय दुई देशबिचको संवादको कडी टुटेको अवस्थामा यस्तो भ्रमणले अगाडि बढाउन मद्दत गर्ने महत बताउँछन्।गत जेठ २८ पूर्व प्रधानमन्त्रीहरुका तर्फबाट देउवासहित प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराईले नेपालमा वैदेशिक हस्तक्षेप भएको भन्दै सार्वजनिक वक्तव्य जारी गरेका थिए। त्यस वक्तव्यसँगै भारत पछिल्लो गठबन्धनदेखि सशंकित भएको थियो।

    तर, चौथाइवालेलाई बालुवाटरमा राखीसहितको आथित्यता गरेर प्रथम महिला डाक्टर राणाले सम्बन्ध सुधारको सुरुवात गरेकी छिन्।चौथाइवालेलाई बालुवाटरमा स्वागत गर्नका लागि प्रधानमन्त्री पत्‍नी राणा पूजाको थाली र राखी लिएर पर्खिरहेकी थिइन्।राखी बाँधिदिँदै उनले चौथाइवालेसँग ‘दाजु र बहिनी’बिचको सम्बन्ध सुमधुर हो भन्दै कामनामात्र गरिनन्, नेपाल-भारत सम्बन्धका साथै कांग्रेस-भाजपा सम्बन्धको सुधारका लाग समेत बाटो खोलिन्।

    ‘ट्र्याक टु डिप्लोमेसी’को खास नमुना प्रथम महिलाबाट प्रस्तुत भएको चौथाइवालेको बालुवाटार इन्ट्रीबारे जानकार एक नेताले बताए। यस्ता गतिविधिले दुई देशबिचको कुटनीतिमा खास महत्त्व राख्ने उनको भनाइ छ।

    ‘खुला सीमानासँगै सांस्कृतिक रुपमा पनि नजिक रहेका नेपाल-भारतबिचको सम्बन्धमा सांस्कृतिक पर्वहरुले महत्त्व राख्छन्,’ उनले भने, ‘यसले दुई देशबिचको सम्बन्धलाई सहयोग पुग्छ। यसअघि पनि यस्ता सम्बन्ध भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय तत्कालीन विदेश मन्त्री सुस्मा स्वराजबिचको सम्बन्ध पनि यस्तै हो।’

    २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बाम गठबन्धनले बहुमत हासिल गर्दा सुष्मा स्वराज माघमा अपर्झट नेपाल भ्रमण गरी ओलीसँग भेटवार्ता गरेकी थिइन्। मोदीको दूत बनेर आएकी स्वराजले ओलीलाई विजयीको शुभकामना दिएकी थिइन्।त्यतिमात्र होइन, स्वराजले ओलीलाई ‘भाइ’ सम्बोधन गर्थिन्। २०७२ सालमा प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जाँदा ओलीको जन्मदिन परेको थियो। ओलीले भारतमै केक काटेर जन्मदिन मनाएका थिए। त्यसैबेला स्वराजले ओलीलाई भाइको नाता लगाएकी थिइन्।

    ‘प्रधानमन्त्री ओलीजी भारतमा राजकीय भ्रमणमा हुनुहुन्छ। आज यस्तो संयोग परेको छ कि उहाँको आज जन्मदिन हो,’ स्वराजले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा ओलीकै अगाडि भनेकी थिइन्, ‘मैले ओलीजीको बायोडाटा हेरेँ। उहाँ सन् १९५२ मा जन्मिनुभएको रहेछ, म पनि त्यही मितिमा जन्मेको हुँ। तर, म फेब्रुअरी १४ मा जन्मे, उहाँ फेब्रुअरी २२ मा जन्मिनुभयो। ओलीजी भन्दा म आठ दिनले जेठो रहेछु। म एक दिदीको नाताले ओलीजीलाई स्वागत गर्न चाहन्छु।‘

    अहिले प्रथम महिला आरजुको ‘राखी कुटनीति’ले देउवा सरकारसँग दुरी राखेको भारतीय संस्थापन पक्षलाई फकाउने प्रयासको रुपमा बुझिएको छ।आइतवार बालुवाटारमा भएको राखी कार्यक्रमपछि देउवा-चौथाइवाले भेटवार्तामा पनि आरजूको सहभागिता थियो। यसबिच ओली सरकारको पालामा बिग्रिएको नेपाल-भारत सम्बन्धलाई सुधार गर्न चौथाइवालेले सक्रियता देखाउँदै आएका थिए।

    त्यस्तै, गत वर्ष तत्कालीन सत्तारुढ दल नेकपाको विभाजनको अवस्था आउँदा पनि उनी नेपाल आएका थिए। २०७७ साल मंसिर २५ गते उनी नेपाल आएका थिए। सत्तारुढ दलसँग सम्बन्ध बिग्रिएका बेला सडकमार्गमार्फत् नेपाल छिरेका उनले बालुवाटार पुगेर ओलीलाई भेटेका थिए। त्यसको १० दिन पछि ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएका थिए।

    यसबिच नेपालमा राजनीतिक कोर्स परिवर्तन भएको अवस्थामा आएका चौथाइवालेले नेपालमा रहँदा प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरे। उनले प्रधानमन्त्री देउवासँगको भेटपछि जनै पूर्णिमाको शुभकामनासमेत दिएका थिए। उनले पार्टी-पार्टीबिचको सम्बन्धलाई थप उचाइमा लान दुवै सहमत भएको समेत उल्लेख गरेका थिए।

    त्यसको भोलिपल्ट चौथाइवालेले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरे। भेटमा उनले दुई देशबिचको सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको बताएका थिए। उनले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरसँग पनि भेट गरे।

    त्यस्तै, चौथाइवालेले भ्रमणका क्रममा पहिलो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरे। भेटको जानकारी दिँदै आफूहरुबीच स्पष्ट तथा खुला रुपमा विभिन्न विषयमा छलफल भएको भन्दै नेपाल-भारत सम्बन्धलाई थप मजबुत गराउनका लागि संवादलाई निरन्तरता दिन सहमत भएको जानकारी दिए।

    नेपाल ओर्लिएको चौबीस घण्टामा चौथाइवालेले नेपालका चार प्रमुख नेताहरुसँग भेट गरेको भन्दै ट्वीट गरे – ‘पछिल्लो २४ घण्टामा मैले विविध सिद्धान्त र राजनीतिक विचारधारा बोकेका नेपालका प्रमुख मध्येका चार नेताहरु शेरबहादुर देउवाजी, केपी शर्मा ओलीजी, प्रचण्डजी र महन्थ ठाकुरजीसँग भेट गरेँ। उहाँहरु सबैले प्रधानमन्त्री नरेन्द्र मोदीको भारत नेपाल सम्बन्ध प्रतिको प्रतिवद्धाको प्रशंसा गर्नुभयो।’

    उनले अर्को ट्वीट थ्रेडमा लेखेका छन्, ‘सबै नेताहरु समान रुपमा साझा लक्ष्यका साथ पार्टी-पार्टी तहमा निरन्तर संवादका लागि प्रतिवद्ध रहनुभएको छ।’

    उनले नेपाल बसाइका क्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने प्रयास गरेका थिए। यसबिच उनले नेपालसँग भेट गर्न नसके पनि टेलिफोन सम्वाद गरेको स्रोतले जानकारी दिएको छ। त्यस्तै, उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने प्रयास गरिरहेका छन्। यसबिच मंगलवार उनले गृहमन्त्री बालकृष्ण खाँण, माओवादी नेता वर्षमान पुन लगायतका नेतासँग पनि छलफल गरेक थिए।

    Advertisement

    Post Views: 28
    ९ भाद्र २०७८, बुधबार ११:१४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    अखिल क्रान्तिकारी सुर्खेतकाे संयोजकमा टिकाराम
    आज दिउँसो १ प्रतिनिधिसभाको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology