कालिकोट भाद्र ९- खाँडाचक्र नगरपालिका वाड न. ६ कि १६ वर्षीया निरू बिकको मृत अवस्थामा शव भेटिएको छ । मंगलबार बलात्कार पश्चात् हत्या भएको तिन दिनपछि मकै बारीमा जंगली जनवारले क्षतविक्षत पारेको अवस्थामा सव भेटिएको हो । मृत सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा राखिएको छ । भने प्रशासन अनुसन्धानको क्रममा लागिपरेको र हालसम्म कुनै प्रमाण प्रहरीले प्राप्त गर्न नसकेको जनाइएको छ ।
दलित, महिला, अपाङ्ग, असहाय अशक्त, सहिद परिवार लगायत सम्पूर्ण नागरिकको सुनिश्चितताका लागि अग्रपङ्तिमा रहेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सह ईन्चार्ज तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाही यति बेला गृह जिल्ला कालिकोटमै सभा समारोह उद्घाटनमा व्यस्त रहेकै बेला घटना घटेको र प्रदेश सरकारले ध्यान दिनुपर्ने पीडित पक्ष लगायत समग्र जिल्ला बासीले आग्रह गरेका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।