प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम प्रसाद आचार्यका भाइ राम प्रसाद आचार्य मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आचार्य आफ्नै कोठामा मृत भेटिएका हुन ।कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अबस्थामा उनको शब भेटिएको प्रहरीले जनाएको छ ।
घरमा उनी पत्नीको साथमा बस्ने गरेका थिए । प्रहरीले अहिले घटनास्थलमा पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यो समाचार लोकान्तर बाट साभार गरियको हो
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।