• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कांग्रेसमा घरझगडा संस्थापनमा खैलाबैला मच्चीयो अब के हुन्छ ?

  •  पूर्ण खडका
  • १० भाद्र २०७८, बिहीबार १३:२७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं भाद्र १०– सत्तारुढ नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्ष र वरिष्ठ उपसभापति रामचन्द्र पौडेल पक्षबीच खिचातानी सुरु भएको छ। कांग्रेसमा देउवा–पौडेल पक्षकै सहमतिमा पार्टी सदस्यता क्रियाशील विवाद टुंगिएको घोषणा तीन दिनअघि मात्र गरिएको थियो।तर, यो विवाद छिनाफानो भएको भनिए पनि कोइराला परिवारको टेको पाएको वरिष्ठ उपसभापति पौडेल पक्षका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेपछि विवाद सतहमै देखिएको हो ।बुधबार मात्रै काभ्रे जिल्ला सभापति मधु आचार्य,धादिङ जिल्ला सभापति रमेश धमला, नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज सुवेदी पार्टीमा क्रियाशीलता विवाद अन्त्य नभएको दाबीसहित अनशन बसेका छन् । अनशनकारीले क्रियाशील सदस्यता सार्वजनिक गर्न संस्थापन पक्षलाई आग्रह गरेका छन् ।‘क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदनमा केन्द्रबाटै सदस्यता थपघट गर्ने काम भइरहेको छ,नुवाकोट जिल्ला सभापति केसीले भने, मतदाता सूचीमा आफ्नो नाम भए–नभएको हरेक क्रियाशील सदस्यले थाहा पाउनुपर्छ । हामीले भनेको सुनुवाइ नभएपछि संस्थापन पक्षलाई दबाब दिन अनशन बसेका हौँ ।’अनशन बसेकै दिन बुधबार ऐक्यबद्धता जनाउन पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महत, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु,दीपक गिरीलगायत संस्थापन इतर समूह सानेपा पुगेको हो ।सानेपामा अनशनकारीलाई साथ दिएपछि संस्थापन पक्ष देउवा समूहले निको नमानेको स्रोतको दाबी छ । रोचक के भने पौडेल पक्षका नेता मिनेन्द्र रिजालसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले सोमबार राती मात्रै विवाद टुंगो लगाएर सभापति देउवा र वरिष्ठ नेता पौडेललाई प्रतिवेदन बुझाएका थिए । उतिबेला पौडेलले पनि पार्टी सदस्यता विवादमा सहमति भएको सुनाएका थिए ।
    करिब ९ लाख क्रियाशील सदस्यताको छानबिन गरेको लेखक नेतृत्वको छानबिन समितिले अधिकांश विवाद सल्टाएको बताइएको थियो । तर, केही क्षेत्रको विवाद सुल्झाउने जिम्मा नेतात्रय सिटौला, लेखक र रिजाललाई दिइएको छ । उनीहरूले विवाद टुंगिएको दाबीसहित प्रतिवेदन बुझाए पनि पौडेल पक्षधर अनशन बसेपछि कांग्रेसभित्रको घर झगडा छताछुल्ल भएको छ ।आफैंले सहमति जनाएको सदस्यता विवाद उचालेर पौडेल पक्षका जिल्ला सभापतिहरू रिले अनशनमा बस्नु र संस्थापन पक्षधरले विरोध जनाउनुले कांग्रेसमा दुई पक्षबीचको तुष नमेटिएको संकेत देखिएको छ । पौडेल पक्ष सानेपा पुग्नुअघि चाक्सीबारीस्थित गणेशमान पुत्र सिंह निवासमा छलफल भएको थियो । उनीहरूले निर्वाचन समितिमा रहेका आफू पक्षधर सदस्यसँग बाक्लो छलफलसमेत गरेका थिए । छलफलमा निर्वाचन समिति सदस्यहरूले संस्थापन पक्षले क्रियाशील सदस्यता सूची सार्वजनिक नगरेकाले शंका उब्जिएको बताएका थिए ।पौडेल पक्षधर कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने, समितिले अधिवेशन गराउन कम्तीमा ११ दिनको समय चाहिन्छ भनेको छ, तर क्रियाशील सदस्यता सूची दिइएको छैन । यसमा शंका छ । त्यसैले साथीहरू अनशन बस्नुभएको हो । यसमा पार्टी सभापतिले शेर बहादुर देउवाले विचार गर्नुपर्छ ।

    Advertisement
    Advertisement

    Advertisement

    Post Views: 21
    १० भाद्र २०७८, बिहीबार १३:२७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै
    यो पनि हेर्नुहोस
    नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता
    निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनको लागि तयारी बढाइयो
    चितवन–२ को उपनिर्वाचनमा रवि उम्मेदवार हुन पाउलान् ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology