आज ५७ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालले बालअधिकारसम्बन्धीका विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरीन्छ ।
दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई भविष्यका जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व भएको बताउनुभएको छ ।
यस्तैगरी उहाँले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, अभिभावक, विद्यालय लगाएत समाजको पनि जिम्मेवारी भएको बताउनुभयो ।
यस्तैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक बालबालिकालाइ कोरोना विरुद्धको खोप दिन सरकार पूर्ण रुपमा लागेको बताउनुभयो ।उहाँले कोरोनाबाट प्रभावित सम्पूर्ण बालबालिकाहरुलाई हरेक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैयाकोे व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।