भदाै ३० दैलेख ।दैलेखकाे गुराँस गाउँपालिका ८ छाेटेपाेखरामा शिक्षकको हत्याको कारण व्यक्तिगत रिसिवी भएको खुलासा भएकाे छ।
गुराँस गाउँपालिका छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक नगेन्द्र विसीको रिसिबिका कारण घाँटी रेटि हत्या गरेको एक महिलाले स्वीकार गरेकी छन् ।
घटनालगत्तै मंगलबार अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारको कमाण्डमा टोली छोटेपोखरा पुगेको थियो।
टोलीले गरेको अनुसन्धानका क्रममा आठ जना शंकास्पद व्यक्तिलाई प्रहरीले सदरमुकाम लगेको थियो ।
तर अनुसन्धानका क्रममा गुराँस गाउँपालिका–८ छोटेपोखराकी २५ वर्षीय मुना रानाले शिक्षक विसीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिनुभयो
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।