भदौ_३१काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिनुभएकाे छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा यस्तो निर्देशन दिनुभएकाे हाे।
उनले विद्यालय खोल्ने वा नखोल्ने त्यहाँ रहेको स्थानीय तहले निर्धारण गर्ने बताउनु भयाे। उहाँले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिनुभएकाे छ। पाैडेलले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरेर मात्र विद्यालय संञ्चालन गर्न बताउनु भयाे।
कोभिड–१९ को सङ्क्रमण घटे पनि जोखिम नघटेको भन्दै सबै पालिकामा एउटै अवस्था छैन। सबै विद्यालयमा पनि एउटै अवस्था छैन’, उनले भने, ‘त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरेर मात्र विद्यालय खोल्नुहोस्।
छलफलमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षामन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश (ऐनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता रहेको थियो।