सुर्खेत भदौ-३१। भेरी नदीमा हाम फालेर एक महिला बेपत्ता भएकि छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेक लगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन्।
मलामी गएकी प्रदेश सभा सांसद पदमा खड्कासहितको टोलीले टाढाबाट रोक्न खोज्दा पनि ति महिलालाई बचाउँन खोज्दा पनि सिँधै नदीमा हाम फालेकी थिइन् ।
नदी किनारामा केही कागज र कपडा छन् प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन सांसद खड्काले भनिन् तत्काल उनको खोजी र पहिचानको लागि प्रहरी चौकी सुब्बाकुनालाइ खवर गरिदिएका छौं ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताउनु भयो। प्रहरी भेरी नदीस्थित महिलाले हामफालेको ठाउँमा पुगिसकेको हामफाल्नु पूर्व कुनै लिखित नोट राखेको बारेमा अनुसन्धान शुरू गरिएको पनि बताउनु भयो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।