असोज १ – काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ ।
काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने घोषणा गर्नुभयो ।
त्यस्तै, एमसीसीका बारेमा आफूहरुका विभिन्न सात वटा शर्तहरु रहेको समेत जानकारी गराउनुभयो ।
उहाँले अहिलेको स्थितिमा तत्काल एमसीसी अघि नबढ्ने समेत प्रस्ट पार्नभयो ।
देश र जनताको हितका लागि नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको भन्दै कुरा भन्दा काम गरेर देखाउने बताउनु भयो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।