असोज १ – काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।
खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
यस्तै,गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो ।
आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रदै छ ।
सोमवार अमेरिकालाई हराएको नेपाल गएको मङ्गलवार ओमानसँग भएको खेलमा भने पाँच विकेटले पराजित भएको थियो ।
लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ ।
अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा रहदा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।