असोज १ – सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक नारायण प्रसाद शर्मा श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।
ईलाका प्रहरी कार्यालय जयनगर, बर्दियामा दरवन्दी भइ हाल कर्णालीमा कार्यरत रहनुभएका शर्मा श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको हो ।
उहाँले विभागिय मुल्य मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ ढङ्गले कार्य गरेको भन्द कार्यालयले घोषित गरेको जनाएको छ ।
यस्तैगरी, उहाँले अपराध अनुसन्धानको क्षेत्रमा योगदान पु¥याउनुका साथै कार्यालय मातहत जिल्लाहरुमा समेत अपराध नियन्त्रण, लागू औषध बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी काम गरेको भन्दै शर्मालाई श्रावण महिनाको सर्वोत्कृष्ठ प्रहरी घोषणा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।