काठमाडौं, ४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले अब चाँडै सरकारले पूर्णता पाउने बताउनु भयको छ ।आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भयको हो ।
प्रधानमन्त्री बनेको दुई महिना बितिसक्दापनि अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर आलोचना भैरहेको बेला प्रधानमन्त्री देउवाले भने अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने जानकारी गराउनु भयको हो ।
सरकारलाई पूर्णता दिनेबारे प्रधानमन्त्रीले पहल गरेपनि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुले मन्त्रीको नाम दिन नसक्दा समस्या भएको पत्रकार सँगको कुराकानीमा बताउनु भयो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।