काठमाडौं ८, असोज । शुक्रबार विहान बसेको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सदस्यहरुले बिरोध जारी राखेका पछि बैठक स्थगित भयको हो ।
बैठक सुरु हुनासाथ प्रतिपक्षी नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफूहरुले उठाएका विषय र मुद्दा यथावत रहेकोले आफूहरुको बिरोध जारी रहने समेत बताउनु भयको थियो।
उहाले यसो भनेसँगै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आसन ग्रहण गरे सभालाई सुचारु गर्न भन्दै बस्न आग्रह गरेका थिए तर एमाले सांसदहरुले भने बिरोध जारी राखेका थिए।
पहिलो बैठक १० मिनेटका लागि स्थगन भएपछी आजै दोस्रो बैठक पनि बसेको थियो। बैठक असोज ११ गते सोमबार बस्ने गरि सकियको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।