काठमाडौं १०, असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि सुर्खेत सहित थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरायको छ। बाँके, डोल्पा,महोत्तरी, सिराहा को क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनु भएको छ ।
बाँकी आठ जिल्लाको क्रियाशील सदस्यताको नामावली ढिलोमा सोमबारसम्म सार्वजनिक गरिने उहाले बताउनु भयो । करिब नौ लाख क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गर्न पाउने छन् ।
क्रियाशील सदस्यताको बाँकी विवाद रहेका जिल्ला मा पनि चाडै टुङ्ग्याएर दसैंअघि सबै जिल्लाका पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । हिमाली जिल्लामा भने मौसम प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकानुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन गरिने कांग्रेसको योजना छ रहेको छ ।