• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

असोज एघार देखि लामोदूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने

  •  राष्ट्रिय संञ्चार
  • १० आश्विन २०७८, आईतवार १५:५९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं १० असोज  ।  उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गते देखि लामोदूरीमा  चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

    यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।

    Advertisement

    शुक्रवार सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमती भएपनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी गराउनु भयो ।  उहाले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पार्नु भयो। महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

    महासचिव सिटौलाले भने, ‘विभिन्न ठाउँमा विभिन्न ढंगबाट छलफल भएका छन्, नेपालीहरुको महान पर्व विजयादशमी,दीपावली, छठ लगायतका यी महत्वपूर्ण पर्वमा हरेक वर्ष चाडबाडमा अग्रिम टिकटको व्यवस्था एकमहिना, १५ दिन पहिला गर्ने गरिन्थ्यो, परम्परा आएको थियो, पोहोर कोभिड १९ को कारणले गर्दा अग्रिम टिकट नै नखोली सामान्य ढंगबाट यात्रुहरु पनि त्रसित भएको अवस्थाले सबै मिलेर यात्रुहरुको व्यवस्थापन गर्यौं ।

    नेपालभर वर्षाको कारणले सडकहरु बिग्रिएका छन्,अहिले पनि दुई दिन जति गाडी आउन, जान समय लागिरहेको छ, नारायणगढदेखि सुनौलिसम्मको बाटो त अस्तव्यस्त नै छ, ग्रामीण सडकहरु बिग्रिएका छन्, सडक विभागलाई फास्ट ट्रयाकमा ग्राभेल गरेर खाल्डोहरु पुर्ने काम दुर्घटना न्यूनिकरण हुन्छ र यात्रुहरुले पनि सहजता पाउँछन्, बाटोमा पनि कसैले अवरोध नगरी सरासर आउने वयवस्था हुनुपर्छ, अधिकांश प्रदेशहरुले भाडा समायोजन गरेको छ ।

    वागमती लगायत केही प्रदेशमा भाडा समायोजनको काम बाँकी छ, यो पनि हामी चाँडै टुंगो लगाउनुपर्छ भनेर यातायात व्यवस्था विभाग मार्फत् भनेका छौँ,नागरिक सहायता कक्षहरु सञ्चालनमा ल्याइएको छ, भने सबै प्रदेश र जिल्लाहरुमा पनि राख्ने छलफल भएको छ ।

    बाटो अवरुद्ध भएर गाडी आउन सकेन भने त्यसको जवाफदेही हामी हुनेछैनौँ, असोजको ११ गतेबाट अग्रिम टिकटको शुरुवात हुन्छ, त्यहाँबाट ठाउँ यात्रुको चापको परिस्थिती हेरेर क्रमशः अघि बढ्छौँ ।

    महासंघका महासचिब सिटौलाले नागरिक सहायता  कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए । उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए।

     

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १० आश्विन २०७८, आईतवार १५:५९ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    चट्याङले झापामा युवाको मृत्यु
    यो पनि हेर्नुहोस
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology