काठमाडौं १३ असोज । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । सर्वोच्च अदालतले आजका लागि संवैधानिक इजलासमा पेसी तोकेकोमा हेर्न नमिल्नेमा राखिएको छ। सापकोटाविरुद्धका अवहेलना र द्वन्द्वकालीन मुद्दा गरी तीन मुद्दामा आजका लागि सुनुवाइ तोकिएको थियो।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित इजलास गठन गरिएको थियो।
सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेको छ। यसविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेल लगायतले छुट्टाछुट्टै मुद्दा दर्ता गराएका थिए। सभामुख सापकोटाविरुद्ध हत्या आरोपमा अनुसन्धान हुनुपर्ने माग गर्दै ०६८ मा सर्वोच्चमा मुद्दा दायर भएको थियो।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।