• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

चर्चित

  • १. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

  • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

  • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

  • ४. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

एमालेको विधान महाधिवेशन आजदेखि

  •  राष्ट्रिय संञ्चार
  • १५ आश्विन २०७८, शुक्रबार ०७:०६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    असाेज १५,काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ।अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले करिब छ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो।

    आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दशा‌ैँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ। एमालेको गत २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो।

    Advertisement

    महाधिवेशनको उद्घाटन आज पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको विधान महाधिवेशन मूल व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
    उद्घाटन सत्रलाई पार्टी अध्यक्ष ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन्। उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ।
    महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ। तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ।

    महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको थियो।

    विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य प्रतिनिधि रहनेछन्।

    महाधिवेशन सम्पन्न गर्न पार्टी निकट अनेरास्ववियु, युवासङ्घ नेपाल, जिफन्ट र खेलकूद महासङ्घबाट २०० को सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ। कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मलगनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 42
    १५ आश्विन २०७८, शुक्रबार ०७:०६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    यो पनि हेर्नुहोस
    आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै
    नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता
    निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनको लागि तयारी बढाइयो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

    • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

    • ४. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

    • ५. असिनाले बाली नष्ट : किसान चिन्तित

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology