असाेज १५, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बसपार्कमा नागरिक सहयता कक्षको स्थापना भएको छ । चाडपर्व नजिकिएसँगै बसपार्कमा यात्रुहरुको भिडभाड बढ्ने भएका कारणले यात्रुहरुको सहजताका लागी यात्रु सहायता कक्षको शुक्रबार स्थापना गरिएको छ ।
दशैँ तिहार छठ पर्वको समयमा ट्राफीक नियम उललघंन गर्ने, बस ब्यावसायीहरुले यात्रु तानातान गर्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने, सिट क्षमता भन्दा धेरै यात्रुहरु राख्ने, तिब्र गतिमा सवारी चलाउने, मापसे गरी सवारी चलाउने भएका कारण यसलाई नियन्त्रण गर्नका लागी सुर्खेत जिल्लाका विभिन्न स्थानहरू जस्तै छिन्चु, बड्डीचारै र वीरेन्द्रनग बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको प्रहरी उपरिक्षक विष्टले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक पदमबहादुर बिष्टले नागरिकको जिउ ज्यानको सुरक्षामा सहजता प्रदान गर्ने लक्ष्यका साथ यात्रु सहायता कक्षको सुरु गरिएको बताए छन्। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।