काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले काठमाडौं किंग्स-११ लाई १ सय ५ रनको विजय लक्ष्य दिएको छ ।
वर्षाले मैदान ओसिएपछि आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो।
विराटनगरका लागि अनिल साहले १६ बलमा अविजित रहदै सर्वाधिक ४५ रनको योगदान गरे । ओपनर रायन पठानले ११ बलको सामना गर्दै तीन छक्का र दुई चौकाको मदतमा ३० रन जोडे ।
काठमाडौँका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक/एक विकेट लिएका थिय।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।