काठमाडौँ। नेकपा एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा आज हुँदैछ ।
राष्ट्रियसभा गृहमा दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिएका छन् ।
भेलामा देशभर एमालेले जितेका ६२७ पालिकाका प्रमुख,उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहभागी हुनेभएका छन् ।
पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने दाहालले जानकारी दिएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।