• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

विप्लवले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

  •  राष्ट्रिय संञ्चार
  • १८ आश्विन २०७८, सोमबार १३:०० प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न खबरदारी गरेका छन् ।

    सहमति कार्यान्वयन नगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिदा भएको र वर्तमान सरकारलाई समेत सहमतिबारे स्मरण गराएको विप्लवले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

    Advertisement

    आगामी असोज २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमति भएको ६ महिना पुग्ने विप्लवले स्मरण गराएका छन् । वर्तमान सरकार गठन भएको पहिलो हप्तामै ३ बुँदे सहमति कार्यान्वयनको विषयलाई आफ्नै नेतृत्वमा प्रधानमन्त्रीसँग भेटवार्ता भएको समेत जानकारी गराएका छन् छ ।

    ‘आजका मितिसम्म बन्दी नेता कार्यकताहरू रिहा नहुनु र मुद्दा खारेज नहुनुले हाम्रो पार्टी, बन्दी नेता कार्यकर्ताहरू, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोश र चिन्ता पैदा भएको छ । यो विषयलाई गम्भीरताका साथ लिन जरुरी छ,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘प्रधानमन्त्रीज्यू, ३ बुँदे सहमतिको शुरूमै कार्यान्वयन गर्नुपर्ने विषय बन्दीको रिहाइ र मुद्दाको खारेजी हो । यही विषय झन् बढी ढिला भइराखेको छ । हाम्रो पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्धतासहित अक्षरशः लागू गरिराखेको छ र गर्ने छ । आशंका, अविश्वास, मनोवैज्ञानिक दबाब र ढिलासुस्तीको कुनै गुञ्जायस छैन । यो राष्ट्रिय राजनीतिक मुद्दा हो । यसर्थ विषयको गम्भीरता र संवेदनशिलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्यसम्पादन गरी विषयको छिटोभन्दा छिटो निरूपणको अपेक्षा गर्दछौं ।’

    सरकारले गरेको सहमतिको ५ महिना समय व्यतित हुँदासम्म लागू नगरी ओली सरकार विघटन हुनु राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको निम्ति धोका जस्तो विडम्बनापूर्ण कुरा रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

    ‘वार्ता र ३ बुँदे सहमतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जनअपेक्षामाथि तुषारापात जस्तो भएको छ । यो हाम्रो पार्टीले आफ्नो स्थापनाकालदेखि अगाडि सारेको र अविराम संघर्ष गर्दै आएको देशको राष्ट्रिय स्वाधिनता र विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, विकास, समृद्धि र जनताको विकराल जनजीविका लगायत यावत समस्याहरूको शान्तिपूर्ण ढंगले वार्ता र संवादको माध्यमवाट अग्रगामी र क्रान्तिकारी समाधान खोज्ने ३ बुँदे सहमतिको मर्म, पार्टीको तत्परता र नेपाली जनताको चाहनाका खिलापमा छ । यसले समस्याको समाधान होइन, झन् जटिल स्थितिको सिर्जना गर्नेछ । यस्तो व्यवहारले नेपाली जनतालाई निराश बनाउँदै गइरहेको छ,’ ज्ञापनपत्रमा उल्लेख गरियको छ ।

    Advertisement

     

    Advertisement
    Advertisement

    Post Views: 11
    १८ आश्विन २०७८, सोमबार १३:०० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology