काठमाडौं । दशैँ बिदामा घर जाने नेपाली सेना तथा तिनका आश्रित परिवारहरूलाई सेनाले निस्शुल्क बस सञ्चालन गर्ने भएको छ।
सेनाले कल्याणकारी सेवा–सुविधाअन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यसहित असोज १८ गतेदेखि ३० गतेसम्म यातायात सञ्चालन सुरु गर्न लागेको हो।
सेनाले सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरूमा बस र सडक सञ्जालको सुविधा नभएको ठाउँमा हवाई उडानमार्फत भए पनि अलपत्र वा अप्ठ्यारोमा परेकोलाई गन्तव्यसम्म पुर्यााउने जानकारी दियको छ। सेनाले पाँच सय २० जनालाई गन्तव्यमा पठाइसकेको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।