• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

तीन गोही खायो बाघले

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ

हुम्लाको रामदेव विद्यालय पहिराेकाे उच्च जाेखिममा

साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ३. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ४. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ८. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ९. अझै सार्वजनिक गरेनन् ६८ स्थानीय तहले बजेट

  • १०. काठमाडौंको बालाजुमा आगलागी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

नेकपा एमालेको लोगो विवादमा

  •  राष्ट्रिय संञ्चार
  • २१ आश्विन २०७८, बिहीबार ११:४३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो भएको छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने बताएका छन् ।

    ‘यसमा दावी विरोध गर्न सकिन्छ । हामी छलफल गरेर के गर्ने भन्ने निर्णय गर्छौ’, गुरुङले भने,‘समान्यतया अर्को पार्टीको चुनाव चिन्ह राख्न पाइँदैन । निर्वाचनसम्बन्धी कानुनले पनि त्यहीँ भन्छ ।’ नेता गुरुङले पार्टीले काननुविदहरुसँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको पनि बताएका छन्  ।

    Advertisement

    ‘कानुनविद्हरुसँग परामर्शकै क्रममा छौ, परामर्शपछि के गर्ने भन्ने टुङ्गो लाग्छ’, गुरुङको भनाइ रहेको  छ ।तर एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नभएको भन्दै उहाँहरुको दावी नपुग्ने बताएका छन्  ।

    ‘पहिलो कुरा हँसिया हथौडा उहाँहरुको चुनाव चिन्ह भएपनि गोलाकारभित्रको हँसिया हथौडा त होइन । दोस्रो कुरा हँसिया हथौडा कम्युनिस्ट सबै पार्टीहरूको साझा झण्डा हो’, पौडेलले भने, ‘हाम्रो पनि त्यहीँ हो । त्यसैले उहाँहरुको दावी मिल्दैन ।’

    एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो । तर पछिल्लो समय तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले प्रयोगमा ल्याएको उक्त लोगोलाई थोरै परिवर्तन गरेर एमाले विधान महाधिवेशनले पारित गरेको हो ।

    एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा हुँदा दुवै पार्टीका चुनाव चिन्ह मिलाएर त्यस्तो लोगो प्रयोगमा ल्याइएको थियो । तर अहिले भने एमालेले एकलौटी आफ्नो चुनाव चिन्ह समेत एमालेको लोगो बनाएपछि माओवादीका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।

    Advertisement

     

     

    Advertisement
    Advertisement

    Post Views: 250
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २१ आश्विन २०७८, बिहीबार ११:४३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड
    राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले
    तीन गोही खायो बाघले
    यो पनि हेर्नुहोस
    युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै
    रुपन्देहीमा गोली चल्यो, एकजना घाइते
    राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

    • २. नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

    • ३. राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

    • ४. तीन गोही खायो बाघले

    • ५. युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology