• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

मनाङका घर–घरमा हाइब्रिड स्याउ

पासोमा फसेको चितुवा मर्‍याे

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

सालकको खपटासहित एकजना पक्राउ

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

बँदेलका लागि थापेको पासोमा चितुवा

जुम्लाका अगार्निक तरकारी निर्यातको लागि संकलन सुरु

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. तीन गोही खायो बाघले

  • ३. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ४. सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

  • ५. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ६. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

  • ७. रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

  • ८. रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

  • ९. विश्वकप फुटबलको खेल तालिका परिवर्तन

  • १०. मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

तीन महिना पछि मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

  •  राष्ट्रिय संञ्चार
  • २२ आश्विन २०७८, शुक्रबार १०:५६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं ।  कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएको झण्डै तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्ने र सकभर आज नै मन्त्रीहरूलाई शपथ गराउने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    सत्तारुढ गठबन्धनबीच बिहीवार मन्त्रालय भागबण्डामा सहमति भएको थियो । मन्त्रालय भागबण्डामा सहमति भएसँगै दलहरू मन्त्री छान्न व्यस्त भएका छन् ।

    Advertisement

    नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ ।

    माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउन सिफारिश गरेको छ । नेकपा (एस)ले पनि मन्त्रीहरूको सम्भावित नाममा टुंगो लगाईसकेको  छ ।

    शहरी विकास मन्त्रालयमा विरोध खतिवडा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रामकुमारी झाँक्रीलाई सिफारिश गर्न लागिएको नेकपा ((एस) स्रोतले जानकारी दिएको छ  । प्रेम आले र किशान श्रेष्ठ पनि मन्त्री बन्नेको सूचीमा छन् । मन्त्रीको नाम छान्न नेकपा (एस)को सचिवालय बैठक बस्दैछ ।

    जनता समाजवादी पार्टी (जसपा)ले महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, इस्तियाक राई लगायतलाई मन्त्री बनाउँदैछ । तर, मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई दिएको छ । सरकारमा उपप्रधानमन्त्री नराख्ने सहमतिपछि उपेन्द्र भने यसपटक सरकारमा सहभागी नहुने भएका छन् ।

    Advertisement

    सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले पाउने बाँकी मन्त्रालयमा पठाउनको नाम तय भइसकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुई र कृष्ण सिटौलालाई एक मन्त्रीको नाम दिन प्रधानमन्त्रीले आग्रह गरेका थिए । सिटौलाले उमाकान्त चौधरीको नाम सिफारिश गरेको स्रोतको भनाइ रहेको  छ ।

    ३ मन्त्री मागेको पौडेल पक्षले मीनेन्द्र रिजाल, सुजाता कोइराला, तेजुलाल चौधरी र दीलेन्द्र बडूलाई मन्त्री बनाउने चर्चामा  छ । कानून मन्त्रालय सम्हालिरहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मा दिने तयारी रहेको कांग्रेस स्रोतले बताएको छ  ।

    असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । साउनमा एक राज्यमन्त्री र असोजमा एक मन्त्री थपिएका थिए । देउवाले प्रधानमन्त्रीको शपथ लिएको ८७ दिन पुगिसकेको छ  ।

     

    Advertisement
    Advertisement

    Post Views: 24
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २२ आश्विन २०७८, शुक्रबार १०:५६ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने
    एकीकृत समाजवादीको बैठक बस्दै
    सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस हुँदै
    यो पनि हेर्नुहोस
    प्रदेश र प्रतिनिधिसभा चुनावमा सुर्खेतमा ९ हजार दुइसय मतदाता थपिने
    जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली
    माओवादीको चुनाव चिह्न लिएर बाबुराम र वामदेव चुनाव लड्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

    • २. मनाङका घर–घरमा हाइब्रिड स्याउ

    • ३. पासोमा फसेको चितुवा मर्‍याे

    • ४. छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

    • ५. सालकको खपटासहित एकजना पक्राउ

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

    • ५. आज नागपञ्चमी पर्व मनाइँदै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology