काठमाडौं । शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले आफ्नो पार्टी नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।
सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादी ४/४ मन्त्री पाउने छन् भने काँग्रेसबाहेक सबैले मन्त्रीको टुंगो लगाइसकेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले आजै मन्त्रीहरुको शपथ हुने जानकारी गराएका छन् । सो पार्टीबाट श्रेष्ठको नेतृत्वमा सरकारमा जाने निर्णय भएको छ।
Advertisement
