काठमाडौँ । बाराको सिमराबाट काठमाडौँतर्फ आउन लागेको बुद्ध एयरको जहाजको टायर शुक्रबार बिहान ‘फ्ल्याट’ भएको छ।
सिमरा साढे नौ को निर्धारित समयभन्दा करिब डेढ घन्टा ढिलो गरी बाराको सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको ‘टायर फ्ल्याट’ भएको थियो ।
काठमाडौंबाट सिमरा पुगेको उक्त जहाज अवतरणपछि पार्किङतिर लैजाने क्रममा टायर फ्ल्याट भएको विमानस्थलका सूचना अधिकारी सुरेन्द्र कुशवाहाले जानकारी गराएका छन् ।
टायर फ्ल्याट भएपछि काठमाडौँबाट इन्जिनियर लगी उक्त जहाज मर्मत गरिएको छ ।
उक्त जहाजका यात्रुहरुलाई भने काठमाडौँबाट अर्को जहाज मगाई काठमाडौँतर्फ लगिएको थियो।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।