• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

भरतपुरमा गठबन्धनको अग्रता कायमै

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

निजामती सेवा र रेल्वे विधेयक प्रतिनिधिसभाबाट फिर्ता

  •  राष्ट्रिय संञ्चार
  • २२ आश्विन २०७८, शुक्रबार १५:३३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं २२,असोज । सरकारले दुई वटा विधेयक फिर्ता लिएको छ । असोज १९ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सरकारले निजामती सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लगेको  छ ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुबै विधेयक फिर्ताको प्रस्ताव पेश गरेका थिए । दुबै विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिय । तर, उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्यो र विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गर्‍यो ।

    Advertisement

    प्रतिनिधिसभा नियमावलीको नियम १२१ मा विधेयक फिर्ता लिने सम्बन्धी व्यवस्था रहेको  छ । यही व्यवस्था अनुसार सरकारले विधेयक फिर्ता लगेको  हो ।

    २७ माघ २०७५ मा प्रतिनिधिसभामा पेश भएको झण्डै साढे दुई वर्षपछि फिर्ता भएको छ  । फागुन १० गतेदेखि यो विधेयकमाथि दफावार छलफल शुरु गरेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिले १५ असार २०७७ मा विधेयकको प्रतिवेदन बहुमतले पारित गरेको थियो । तर, पारित विधेयकको प्रतिवेदनलाई प्रतिनिधिसभाले अगाडि बढाउन भने सकेको थियन । बरु सरकारले विधेयक नै फिर्ता लियको छ ।

    विधेयक फिर्ता लिएर सरकारले अध्यादेश ल्याउन चाहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकारीहरुले बताएका छन् ।

    यस्तै, रेल्वे विधेयक १८ पुस २०७६ मा राष्ट्रियसभामा दर्ता भएको थियो । यो विधेयकमाथि विषयगत समितिबाट दफावार छलफल सकाएर राष्ट्रिय सभाले २७ साउन २०७८ मा पारित गरेको थियो । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विधेयकलाई सरकारले फिर्ता लगेको  छ ।

    तर, यो विधेयक फिर्ताका लागि राष्ट्रियसभाले अनुमति दिनुपर्छ । शुक्रबार प्रतिनिधिसभाले विधेयक फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको लागि प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव स्वीकृत गरेको हो । अब राष्ट्रियसभाले प्रतिनिधिसभालाई अनुमति दिने वा नदिने निर्णय गर्छ । अनुमति दिएपछि विधेयक फिर्ता हुने कानुनी प्रावधान रहेको छ ।

    ‘राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन अवस्थाको विधयेक फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त सदनको सिफारिश प्राप्त गर्नको लागि प्रस्तुतकर्ता सदस्यलाई प्रस्ताव पेश गर्न अनुमति दिइनेछ र त्यस्तो प्रस्ताव स्वीकृत भई राष्ट्रिय सभा पनि सहमत भएमा प्रस्तुतकर्ता सदस्यले विधेयक फिर्ता लिन प्रस्ताव प्रस्तुत गर्न सक्नेछ’ प्रतिनिधिसभा नियमावलीको नियम १२१ (५) मा उल्लेख रहेको  छ ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २२ आश्विन २०७८, शुक्रबार १५:३३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा गठबन्धनको अग्रता कायमै
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    यो पनि हेर्नुहोस
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    ओलीलाई गृहवडामै धक्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. भरतपुरमा गठबन्धनको अग्रता कायमै

    • २. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • ३. नौ मतदान केन्द्रमा आज मतदान

    • ४. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ५. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology