• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सामान्य अवस्थामै उपचार गर्न आएकी बालिकाको मृत्यु

  •  राष्ट्रिय संञ्चार
  • २४ आश्विन २०७८, आईतवार १२:१२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत ।  शुक्रबार दैलेखको नारायण नगरपालिका–४, की साढे दुई वर्षीया बालिका कुसुम कटुवाललाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरियो । चार दिनअघि नाकको प्वालमा मकैको दाना अड्केकी बालिका कटुवालको श्वाशप्रश्वासमा केही समस्या देखिएपछि परिवारका सदस्यले कुनै समस्या उत्पन्न हुन्छ कि भन्दै जिल्ला अस्पताल दैलेख पु¥याएका थिए ।

    तर, दैलेख अस्पतालमा उक्त दाना निकाल्ने उपकरण नभएको र प्रदेश अस्पतालमा राम्रो उपचार हुने भनेपछि रेफेर गराइदिएको थियो  । परिवारका सदस्यले सहज रुपमा छोरीको उपचार हुने आशाका साथ प्रदेश अस्पताल सुर्खेत  पु¥याएका थिए ।

    Advertisement

    किनकी प्रदेश अस्पतालमा स्तरीय उपचार हुने दावी गरिएको थियो । प्रदेश अस्पताल पु¥याएपछि खासै समस्या नभएको तर पनि उक्त दाना निकाल्न केही असहज भएको भन्दै त्रिवि शिक्षक अस्पताल लैजानका लागि सुझाव दिइएको थियो  ।

    यद्यपि आईसियू भएमा प्रदेश अस्पतालमै उपचार हुने आश्वासन पनि दिएको थियो । सोही आशामा परिवारले काठमाडौं लगेर किन खर्च गर्ने ? जबकी नजिकै उपचार हुन्छ भन्ने भरोसामा कुरिरहेका थिए । तर, शुक्रबार राति अकस्मात चिकित्सक आफन्तकहाँ आए र बालिकाको मृत्यु भइसकेको घोषणा गरिदिय ।

    एकछिन अघिसम्म राम्रोसँग बोलचाल गरिरहेकी र गम्भीर समस्या नदेखिएकी कुसुम एकैछिनपछि मृत्युको मुखमा पुगिसकेको खबर पाएपछि आफन्त र परिवारका सदस्य अचम्मित भए । शनिबार बिहान आफन्तले चिकित्सकको लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै विरोध गरे । तर, चिकित्सक त्यो मान्न तयार भएनन् । त्यसपछि अस्पतालमा तनावको स्थिति नै उत्पन्न भयो । आक्रोशित आफन्तले प्रदेश अस्पतालभित्रका भौतिक संरचनामा क्षतिसमेत पु¥याएका छन् ।

    आफन्तले बालिकालाई उपचारका क्रममा ओभरडोज औषधिको प्रयोग गरिएको आरोप लगाएका छन् । आन्दोलनका क्रममा अस्पतालभित्र राखिएका गमलालगायका संरचनामा क्षति पुगेको हो । बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘मेरो छोरीको चार दिनअघि नाकमा मकैको दाना अड्केको थियो । छोरीलाई कुनै पनि जटिल समस्या देखिएको थिएन ।

    Advertisement

    अलिकति नाकबाट श्वास फेर्नबाहेक अन्य केही भएको थिएन थिएन् ।’ उनी अघि भन्छिन्, ‘सामान्य दुखाई सुरु भएपछि पछि थप समस्या हुने डरले नानीलाई दैलेख जिल्ला अस्पतालमा लिएर गएकी थिएँ ।’ तर, दैलेख अस्पतालमा उपचार सम्भव नभएको भन्दै दैलेखका डाक्टरले सुर्खेत लैजान  सुझाब दिएपछि प्रदेश अस्पताल ल्याएको हो  ।

    बिहीबार बिदाको दिन भएका कारण शुक्रबार छोरीको उपचार गर्न प्रदेश अस्पताल आएको कटुवालले बताइन् । उनी भन्छिन्, ‘बहिनीलाई कुरुवा लिएर अस्पताल आएकी थिएँ । स्वास्थ्यमा खासै समस्या नभएकी मेरी छोरीको राति दश बजे मृत्यू भएको भनेर डाक्टरले जानकारी दिए ।’ तर, कटुवाल डाक्टरको यो भनाइप्रति विश्वस्त छैनन् ।

    सामान्य अवस्था भएकी छोरीको ज्यान डाक्टरकै लापरबाहीका कारण गएको भन्दै घटनाको छानबिन हुनुपर्ने माग कटुवालको छ । ‘मैले छोरीलाई धेरै समस्या नहोस् भनेर अस्पतालमा ल्याएकी थिए, मार्न होइन ? आक्रोशित हुँदै कटुवालले भनिन्, ‘मेरो श्रीमान वैदेशीक रोजगारीका लागि कतारमा हुनुहुन्छ ।’ उपचारमा समस्या भएपछि सुर्खेत रेफर गरिएकी बालिकाको उपचारमा संलग्न दैलेखका डाक्टर जगत थापाले बालिकाको ज्यान जाने अवस्था नभएको जानकारी दिएका छन्  ।

    उनले भने, ‘बालिका अस्पताल आउँदा स्वस्थ थिइन्, खासै त्यस्तो समस्या थिएन । नाकमा मकैको दाना अड्केको बालिकाका आफन्तले जानकारी दिए सोही अनुरुप हामीले चेकजाँच ग¥यौं तर आफन्तले भने बमोजिम अड्केको भनिएको मकैको दाना देखेनौं । दैलेख अस्पतालमा दुरविनबाट गरिने चेकजाँचको सुविधा नभएका कारण प्रदेश अस्पताल पठाएका हौं ।’

    यता प्रदेश अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु नभएको दावी गरेको छ । पीडितका आफन्तले चिकित्सकमाथि लगाएको आरोप निराधार भएको अस्पतालका प्रवक्ता डा. विकास केसीले बताए । उनले विभिन्न सञ्चारमाध्यममा आएका चिकित्सकमाथिमा आरोपहरुमा पनि सत्य नभएको दावी गरे । ‘चिकित्सकको कुनै लापरबाही होइन, अप्रेशन गर्नुपर्ने केस हो । त्यसअघि बेहोस पार्ने औषधि लगायौं ।

    त्यही औषधि लगाएपछि बालिकामा एक्कासी श्वासप्रश्वासमा समस्या आयो । त्यसपछि उनको शरीरमा अक्सिजनको मात्रा घट्यो । हामीले निकै कोशिस ग¥यौं तर बचाउन सकेनौं ।’ डा. केसीको भनाइबाट नै स्पष्ट हुन्छ कि चिकित्सकले बेहोस पार्ने एनेस्थेसिया लगाउँदा नै लापरबाही गरे । एनेस्थेसियाको ओभरडोजका कारण बालिकाको मृत्यु भएको आफन्तको आरोप छ । शुक्रबार रातिको घटना मात्रै होइन, प्रदेश अस्पताल सुर्खेतमा यसअघि पनि यस्ता घटनाहरु थुप्रै भएका छन् ।

    सामान्य उपचारका लागि आउने बिरामीको पनि चिकित्सकको लापरबाहीका कारण ज्यान जाने गरेको छ । केही वर्षअघि एक गर्भवती महिलाको केस पनि यस्तै भएको थियो । नर्मल डेलीभरी हुने अवस्थाकी महिलाको जबरजस्ती अप्रेशन गरी सुत्केरी गराउन खोज्दा ज्यान गएको थियो । तर, प्रदेश अस्पतालले यस्ता घटनामा जबरजस्ती ढाकछेप गर्ने गरेको छ ।

    मिसन टुडे न्युज साभार  

    Advertisement

    Post Views: 5
    २४ आश्विन २०७८, आईतवार १२:१२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology