बुटवल । बुटवलमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यु जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन कर्फ्यु लगाएको हो। आइतबार बेलुकी ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको छ । झडपमा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो। अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप सुरु भएको थियो । सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहरा भत्काउने काम गरेको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।