• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

  • २. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • ३. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ४. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ५. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ६. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कर्णालीका युवा काम खोज्दै कालापहाड

  •  राष्ट्रिय संञ्चार
  • २५ आश्विन २०७८, सोमबार १०:२१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

     

    सुर्खेत ।   खेतमा धानका बाला लहलह झुलेका छन् । चाडबाड सुरु भएसँगै यी बाली अझै शुन्दर देखिएका छन् । विदेशबाट फर्किने दाजुभाइको चहलपहलले गाउँमा रौनक थपिएको छ । गाउँका चियापसल र चोकमा तातो चिया मात्रै होइन तात्तातो राजनीतिक बहस सुरु पनि भएको छ ।

    Advertisement

    तर कर्णालीका धेरैजसो गाउँमा अलि भिन्न दृश्य देखिन्छ । यहाँ चाडपर्व मनाउन घर आउनेहरू मात्र छैनन्, यसैबेला गाउँघर छोड्नेहरूको लस्कर पनि उत्तिकै छ । स्वदेश फर्किनेको लर्को जत्तिकै लामो लर्को छ रोजगारीका लागि परदेश पस्नेहरु को पनि । दसैंको मुखमा बसपार्क र नेपाल–भारत सीमा नाकाहरूमा आउने–जानेको उस्तै भिड छ । गाउँ फर्कने र छोड्ने दुवैथरीका आफ्नै खुसी र बाध्यता रहेका  छन् ।

    चाडबाडका बेला गाउँ आउनेमा उमंग छ, भने  ठिक विपरित छ  घर  छोड्नेहरूको, शीरमा बाध्यताको बोझ कर्णालीका सबैजसो जिल्लामा बेरोजगारी समस्या अधिक रहेको पाइन्छ । देशभित्रकै ठूलो  शहर र भारतसहित तेस्रो मुलुक नगइ धेरै नागरिकलाई जीवन धान्न मुस्किल पर्छ कर्णालीमा । त्यसैले मुख्य चाडमा पनि कर्णालीबासी परिवार छोडेर काम खोज्न भारत गइरहेका छन् ।

    कोरोना महामारीका कारण पुरै समय काम गर्न नपाएर भारतबाट फर्किएकाहरू चाड भित्रिसक्दा पनि फेरि बाहिरिन थालेका छन् । अहिले भारत हिँडेकाहरू भन्छन, ‘मन त थियो घरआँगनमै रमाएर चाड मनाउने तर  के गर्नु, गरिबीले यसैबेला कालापहाड लखेट्यो ।’ कर्णालीमा ज्याला मजदुरी गर्न भारत जानुलाई कालापहाड भनिन्छ ।

    दैलेख आठबिस नगरपालिका–३ का रमेश बडुवाल गत शनिवार वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा भेटिए र  उनी भारतमा नोकरी गर्न हिँडेका थिए । दसैंको मुखमा घर छोड्नु उनको बाध्यता रहेछ । यसअघि पनि घर खर्च जुटाउन भारत आउजाउ गरिरहने बडुवाल कोराना महामारीले गर्दा दुई वर्षदेखि घरमै थन्किएका रहेछन् । ‘न पकेटमा नगद, न त घरमा खाने गाँस,’ उनले भने, ‘दसैं मनाउने मेसो नभएपछि मन भारी बनाएर घर छोडियो ।’

    Advertisement

    उनको परिवारले दसैंको मुखमा भारत नजान आग्रह गरेको थियो । बडुवालले भने, ‘परिवारले चाड सकिएपछि जानु भनेका थिए, गोजीमा दुई पैसा नहुँदा मनले घर बस्नै मानेन ।’ उनी भारतको कोटद्वारस्थित एक होटेलमा काम गर्नेगरी जान लागेको बताए । ‘होटेल मालिकले छिटै आउनु भनेर खबर पठाए, मालिकको फोन आएपछि आँगनमा आएका चाड पनि बिर्सिएर जाँदै छु,’ उनले भने, ‘दसैं अर्को साल मनाउँला । कमाइ नगरे परिवारको गर्जो कसरी टार्नु ?’

    सीटी बसपार्कमै गाडी पर्खिरहेका थिए दैलेख ठाँटीकाँध गाउँपालिका–२ का सन्तराम विक । उनी निराश देखिन्थे । खुसी हुनु पो कसरी, चाडका बेला घर छोडेर हिँडेका छन् । सन्तराम भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली जाँदै थिए । विगतका वर्षहरूमा पनि उनी ज्याला मजदुरी गर्न त्यहीँ पुग्थे । कोरोना त्रासले फर्किका उनी अहिले फेरि भारत जान लागेका हुन् । घरमा उनको सात जनाको परिवार छ । सन्तरामकै कमाइको भरले खर्च चलाउनुपर्छ । थोरै पाखोबारी छ, त्यसको उब्जनीले तीन महिना खान पुग्दैन । ‘आफूले कमाएर नपठाए घरमा चुल्हो बल्दैन,’ उनी भन्छन्, ‘परदेशिनु मेरो बाध्यता हो ।’ उनले घर परिवारलाई ऋण–सापट गरेर भए पनि दसैैं मनाउन सुझाएर आफू हिँडेको बताए ।

    कर्णालीका युवाहरू खासगरी खेतीपातीको काम सकेर भारत जान्थे । अलिअलि कमाइ गरेर दसैं–तिहार जस्ता ठूला पर्वमा फर्किन्थे । कोरोना महामारीका कारण धेरैले पछिल्लो समय भारत पुग्न बित्तिकै काम छोडेर फर्कनु प¥यो । लामो समय गाउँमै बेरोजगार बसे । आर्थिक अभावले अहिले उनीहरू घर फर्कनुपर्ने सिजनमा भारत पस्न थालेका हुन् । प्रहरीका अनुसार कर्णालीको मुख्य नाका बबई भएर भित्रिने र बाहिरिनेको संख्या बराबरी जस्तै छ । भारतबाट दैनिक फर्कने एक सय हाराहारीमा छन् भने उता जानेको संख्या पनि ५० भन्दा बढी छ ।

    कर्णालीका हजारौं युवाको जीवनको उर्जाशील समय भारतमा ज्यालामजदुरी गरेर बित्छ । यकिन तथ्यांक नभए पनि कर्णालीका करिब एक लाख मानिस भारतका विभिन्न शहरमा रहेको अनुमान छ । तीमध्ये सबैजसो कामको खोजीमा गएका हुन् ।

    Advertisement
    Advertisement

    Post Views: 53
    २५ आश्विन २०७८, सोमबार १०:२१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology