बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ स्थित निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच आइतबार भएको झडपमा परी चारजनाको मृत्यु भएको छ ।
झडपमा ३३ प्रहरी र १७ नागरिक घाइते भएको जिल्ला प्रशासन कार्यालय रुपन्देही जानकारी दिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घाइतेहरूको मेडिकल कलेज भैरहवा र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।
औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेका सुकुम्बासीलाई हटाउन खोज्दा झडप भएको थियो । प्रहरीका अनुसार सुकुम्बासीले ढुंगामुढा गरेपछि प्रहरीले हवाईफायर, अश्रुग्यास र गोली प्रहार गरेको थियो । गोली लागेर चार सुकुम्बासीको मृत्यु भएको हो ।
स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सो क्षेत्रमा आइतबारै कर्फ्यु आदेश जारी गरेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।