पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिपमा सवार ९ जनामध्ये ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । भने एक जना भने भीरमा अड्किएर बाच्न सफल भएका हुन् ।
दुर्घटनामा परेर एक जना घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको र सबै शव पोखरा ल्याउँन लागिएको एसपी थापाले बताएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।