सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । २४ जना घट्नाकाे स्थलमै भने थप चार जनाकाे उपचारको क्रममा मृत्यु भएकाे हाे।
१४ जना घाइतेहरूको कोहलपुरमा रहेको बिगा अस्पतालमा उपचार भैरहेको छ तीमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । दशैँ मनाउँन घर आउने क्रममा अधिकांश विद्यार्थीले ज्यान गुमाएका छन् । उकालो मोडमा बसको अगाडिको टायर पञ्चर भएर बस दुर्घटना भएको प्रहरीले बताएको छ ।,जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ४५ भन्दा बढी यात्रु सवार थिए । अधिकांश घाइते गम्भीर भएकाले र मृतकहरुसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन समय लागेको बताइएको छ ।