गोरखा केन्द्र भएर भूकम्प गएको छ
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।
मान्बु आरूघाट गाउँपालिकामा
आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो।
२०७२ वैशाख १२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।