सुर्खेत । देशभर लगातार वर्षाको कारण भएको क्षति अनुगमनपछि राहत दिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ ।
बिहिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उहाले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताउनु भयको छ ।
सुदुरपश्चिम प्रदेशको बाढिप्रभावित क्षेत्र अनुगमनका लागि हिड्नु भयको प्रधानमन्त्री देउवा सुर्खेत विमानस्थलमा करिब आधाघण्टा झर्नुभएको थियो । बिहान करिब पउने दशबजे सुर्खेत विमानस्थल पुग्नु भयको प्रधानमन्त्री देउवा देशभर बाढि तथा पहिरोको कारण ठुलो क्षति भएको भन्दै सरकारले उचित क्षतिपुर्ति दिने बताउनु भएको छ । उहाले सबै क्षेत्रमा अनुगमनपछि मात्रै क्षतिपुर्ति दिने बताउनु भएको ।
प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी लगाएतका विभागिय मन्त्रीहरुसंग समेत गोप्य छलफल गर्नु भयको छ ।