काठमाडौं । अविरल वर्षासँगै बाढी–पहिरोमा परी देशभर ९४ जनाले ज्यान गुमाई सकेका छन् । गएको आइतबारदेखिको वर्षाका कारण बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता वसन्त कुँवरले ४१ जना बेपत्ता भएको समेत जानकारी दिएका छन् ।
‘‘२९ जना घाइते भएका छन् । देशभरका विभिन्न जिल्लाहरूमा बेपत्ताको खोजीकार्य भइरहेको छ । उद्धार भइरहेको छ । घाइतेहरूको उपचार भइरहेको छ,” उनको भनाई रहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।