कालिकोट । आइतबार देखिको अविरल वर्षापछि गएको पहिरोको कारण कर्णाली राजमार्ग अझै पूर्णरूपमा खुल्न सकेको छैन । कर्णाली राजमार्ग अन्र्तगत सुर्खेत जुम्ला सडक खण्डको सुर्खेत देखि कालिकोट सम्म बुधबार पहिरो हटाइ गाडी सुचारु भएका छन् ।
कालिकोट जुम्ला खण्डको पिलीमा ठुलो पहिरो गएकाले तत्काल राजमार्ग खुल्ले अवस्थामा रहेको छैन । पिलीमा धेरै ठुलो पहिरो गएको र खुलाउने प्रर्यास भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले बताउनु भयो ।
बुधबार प्रमुख जिल्ला अधिकारी आर्चाय आफै नेपाली सेना, नेपाल प्रहरी, स्थानीय सहित राजर्माग खुलाउन पिलि पुग्नु भएको थियो । राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुका यात्रुहरुलाइ सास्ती भएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।