• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

दर्शक नआएपछि हलबाट हटाइयो डाँडाको वरपीपल फिल्म

  •  राष्ट्रिय संञ्चार
  • ५ कार्तिक २०७८, शुक्रबार ११:५० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । शोभित बस्नेतको निर्देशनमा  रहेको फिल्म ‘डाँडाको वरपीपल’ असोज २६ गते देशभर रिलिज भएको थियो। दशैँको अवसर पारेर रिलिज भएको यो फिल्म कोरोना कहर लकडाउन र निषेधाज्ञापछि रिलिज भएको पहिलो नेपाली फिल्म हो।

    लामो समयसम्म ठप्प रहेको मनोरञ्जन क्षेत्रलाई कसरी ब्युताउँने भन्ने विषयमा छलफल भइरहँदा मल्टिस्टार फिल्म ‘डाँडाको वरपीपल’ रिलिज भएको थियो। फिल्मले हलमा दर्शकहरुलाई तान्ने अपेक्षा थियो। फिल्मका  कलाकारहरु शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल लगायत सलोन बस्नेत र रुवीना थापाले अभिनय गरेका थिय । तर, नाम चलेका कलाकार अटाएको यो फिल्म हेर्न  सिनेमाहलमा भने दर्शक गएको देखिएन ।

    Advertisement

    फिल्म रिलिज भएको एकसाता बितिसक्दा समेत यो फिल्मको व्यापार भने ‘शून्य’ बराबर जस्तै रहेको छ ।

    ‘डाँडाको वरपीपल’ हेर्ने दर्शकहरु नआएको क्युएफएक्सका सीईओ रोशन अडिगाले बताएका हुन् ।

    ‘यो फिल्ममा दर्शकहरु खासै आएनन्। एउटा शो मा चार/पाँच जना मात्रै दर्शक आए। जसकारण छाँया, लाबिम र सिभिलबाट यो फिल्म हटिसकेको छ। अब भक्तपुरको हलमा मात्र बाँकी छ। यसको औसत व्यपार समेत हुन सकेको छैन ।’

    जेम्स बोन्डको हलिउड फिल्म ‘नो टाइम टू डाइ’  हेर्न भने दर्शक आएको उनले भनाई छ । फिल्ममा औसत् ३० देखि ३५ प्रतिशत अकुपेन्शीमा दर्शक आइरहेको उनी बताउँछन्। अहिले नेपाली फिल्महरु रिलिज गर्ने ‘सेड्युल’ नरहेको पनि उनले बताएका छन् ।

    Advertisement

    त्यसैगरि क्युब सिनेमाका सञ्चालक सुमित मैनाली नेपाली फिल्म हेर्न दर्शक नै नआएको सुनाउँछन्। भन्छन् ‘दर्शक नआएर सिट नै खाली छन्। सुरुमा एक दुई जना आए पनि अहिले दर्शक शून्य नै छ। हलिउडमा पनि दर्शक न्युन नै छन्।’

    ‘डाँडाको वरपीपल’ फिल्मको प्रचारप्रसारकै क्रममा महानायक विवाद उठेको थियो। जसकारण पनि दर्शकहरु रिसाएर फिल्म हेर्न नआएको  भन्ने अनुमान गरिएको छ। सामाजिक संजालमा फिल्म बहिष्कारको अभियान नै चलायका  थिए ।

    तर, यता फिल्मका निर्देशक शोभित बस्नेत भने महानायक विवादले फिल्ममा असर नगरेको बताउँछन्।  उनले आफ्नो फिल्म मात्र नभएर अझै सात/ आठ महिना अन्य फिल्महरु हेर्ने पनि दर्शक नआउने दाबी गरे।

    ‘महानायक विवादले फिल्ममा कुनै असर परेको छैन। राजेशजी को पनि कति धेरै म्युजिक भिडियोहरु आउँछन्। ती सबै गीतहरु हिट हुनुपर्थ्यो तर युट्युव टेन्डिङको ५० मा समेत आउँदैन। त्यस्तो कुराले असर गर्ने भएको भए राजेश हमालको जुन फिल्म पनि सुपरहिट हुने थियो’ उनको भनाइ छ ।

    शोभितले आफूले यो फिल्म हलको लागि नभएर ओटीटी प्याल्टफर्मको लागि निर्माणको  दाबी गरे। हाल ठप्प रहेको हललाई चलायमान बनाउन फिल्म रिलिज गरेको र तिहारपछि फिल्मलाई ओटीटी प्याल्टफर्ममा रिलिज गर्ने उनले बताएका छन् ।

    भन्छन् ‘यो फिल्म मैले हलको लागि बनाएको होइन। ओटीटीको लागि बनाएको हो। हलमा जति दर्शक आए त्यो निर्मातालाई फाइदाको नै कुरा हो। किनभने निर्माताहरुलाई चलचित्र विकास बोर्डले सहयोग गरेको छ। बुढासुब्बा डिजिटल कम्पनि पनि सन्तुष्ट छ। उहाँहरुले मलाई अर्को फिल्ममा समेत साइन गराइसक्नु भएको छ। जसको छायाङ्कन तिहारपछि हुनेछ। फिल्मलाई असर परेको भए मलाई अर्को फिल्ममा साइन गर्थेन होला।’

     

    Advertisement
    Advertisement

    Post Views: 10
    ५ कार्तिक २०७८, शुक्रबार ११:५० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology