• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

तिहारमा सयपत्री फूलको माला विदेश बाट आयात गरिदै

  •  राष्ट्रिय संञ्चार
  • ७ कार्तिक २०७८, आईतवार ०८:५५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ । स्वदेशी उत्पादनले धान्न नसकेर तिहारमा ५० हजार बढी सयपत्री फूलको माला आयात गरिदैका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको ब्यावसायीको भनाइ छ ।

    बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ । फूल मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प वसायी लागिपरेका छन् ।

    Advertisement

    नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ । उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् ।

    गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो । फूल उत्पादनमा कमी आए पनि यस वर्ष माग भने बढेको छ ।

    कोरोना सङ्क्रमण जोखिमका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झैँ लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोना सङ्क्रमण जोखिम कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पादनमा पनि देखिएको छ भन्नुभयो ।

    यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला रहेका छन् ।

    Advertisement

    माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ ।

    लामो समयदेखि कोरोना सङ्क्रमणका कारण दैनिक रु १ करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब  ७० लाखको कारोबार गर्न थालेको छ । कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो ।

    पछिल्ला केहि वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलका माला भारतबाट ल्याउने गरिएको छ ।

    केही वर्षयता वार्षिक ३ अर्ब मूल्य बराबरका फूलको कारोबार हुने गरेको थियो । तिहार र अन्य मौसममा ११ करोड मूल्य बराबरको फूल विदेशबाट आयात हुँदै आएको छ ।

    फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

    नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

     

    Advertisement

    Post Views: 2,692
    ७ कार्तिक २०७८, आईतवार ०८:५५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology