• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

चर्चित

  • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

  • ५. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कर्णालीमा एघार हजार पाँच सय हेक्टरको धानबाली नष्ट

  •  राष्ट्रिय संञ्चार
  • ७ कार्तिक २०७८, आईतवार १३:०६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत । गत आइतबारदेखिको  लगातार तीन दिन सम्म  परेको अविरल वर्षातले नष्ट गरेको धानबालि लाई माटोमा  खोस्रेर भए पनि बिऊ बनाउने सोचमा रहेको बताउँछन् किसानहरू । त्यहीमध्येको वीरेन्द्रनगर–१० का मानबहादुर चौधरीले  पनि माटोमा मिसिएको धानलाई बटुल्दै थिए । मानो रोपेर फलाएको मुरी धान नष्ट हुँदा के खाने कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।

    ‘मानो रोपेर मुरी फलाउने सोचले वर्षभरि मिहेनेत गरेँ’, उनले भने, ‘तर, अहिले आएर खाने बेला मुखैमा ताला लाग्यो, अब कसरी परिवार पालौँ’
    त्यस्तै पीडामा छट्पटाएका छन्, सोही ठाउँकै पे्रम पौडेल पनि । उनको पीडा पनि उस्तै छ । ‘पहिले १५ मुरी धान उत्पादन हुन्थ्यो । तर, अहिले १५ माना हुन पनि मुस्किल छ’, उनले भने, ‘वर्षभरि मेहेनत गरेँ । खाइनखाइ गरेर आठ कट्ठा जमिनमा धान रोपाईं गरियो । अहिले सबै वर्षातले नष्ट गर्‍यो । वर्षभरिको मेहनत गरियो सबै खेर गयो ।’

    Advertisement

    वर्षभरि गर्नसम्म दुःख गर्दै मानो रोपेर मुरी फलाएको धानलाई बटुल्ने किसानका इच्छा यो वर्ष अधुरै रहने भएको छ । अघिल्लो आइतबारदेखि लगातार तीन दिनसम्म परेको अविरल वर्षाले काटेर सुकाएको धान उठाउन नपाउँदै भिजेर खेतमै उम्रिएको छ ।

    लगातार तीन दिन परेको अविरल वर्षातले कर्णालीका दशवटै जिल्लामा असर गरेको छ । पानीले धान, कोदो, भटमास, केराउ लगायत अन्न भित्र्याउन नपाउँदै खेमै नष्ट परेको  छ ।

    कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार ४८ हजार हेक्टर क्षेत्रफलमध्ये ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ ।

    सुर्खेतमा दुई हजार ५०० हेक्टर, दैलेखमाा एक हजार ५०० हेक्टर, कालीकोटमा एक हजार ११५ हेक्टर, मुगुमा एक हजार ३७५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ष्ट भएको हो ।

    Advertisement

    जुम्लामा ७०८ हेक्टर क्षेत्रफल, सल्यान दुई हजार ७५८ हेक्टर, रुकुमपश्चिममा ६१० हेक्टर, जाजरकोट ७५३ हेक्टर र डोल्पामा १५० हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको कृषि विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले जानकारी दिएका छन्  ।

    पाकेको बालीमा भएको नोक्सानीले यो वर्ष धान उत्पादन घट्ने भएको छ । कर्णालीमा ३० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण आइनसकेपनि विगतका वर्षहरूको तुलनामा उत्पादनमा निकै कमि आउने कृषि विकास निर्देशनालयको आंकलन रहेको छ ।

    विज्ञहरूका अनुसार काटेको धान भिज्दा दाग लाग्ने, कुट्दा चामल टुक्रिने र लामो समय भण्डारण गर्न नसकिने समस्या हुन्छ । खेतमा रहेको धानलाई अन्त खाली ठाउँ या ओत लाग्ने जग्गा भए निकालेर राख्न र जग्गा नभए खेतकै छेउमा ठूलो खाडल बनाएर पानी तर्काउन सकिने निर्देशनालयका बागवानी विकास अधिकृत तेजबहादुर खनाल बताउँछन ।

    ओस वा ढुसीले धानको गुणस्तरलाई असर गर्ने उनले बताएका छन्  । कर्णालीका अधिकांश जिल्लाका किसानले कात्तिकमा पानी नपर्ने पुरानो अनुभवका कारण यतिबेला खेतमा धान काटेर सुकाएका थिए ।

    यसैबेला परेको वर्षाले धान खेतमै डुबेको हो । निर्देशनालयका अनुसार कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, सल्यान र कालीकोटका विभिन्न स्थानमा धानबालीमा बढी क्षति पुगेकोे छ ।

    पछिल्ला वर्षहरूमा उत्पादनमा केही सुधार भए पनि प्रदेशका ६ जिल्ला अझै खाद्यान्नमा परनिर्भर छन् । सुर्खेत, दैलेख, सल्यान र रुकुमपश्चिममा मात्र आवश्यक खाद्यान्न उत्पादन हुन्छ । जुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा न्यून खाद्यान्न उत्पादन हुने गरेको छ ।

    यी जिल्लाले खाद्य संस्थानकै चामलमा भर पर्नुपर्ने बाध्यता छ । त्यहाँ बर्सेनि खाद्य संस्थानले सहुलियतको चामल आपूर्ति गर्दै आएको छ । कर्णालीमा वार्षिक झन्डै २३ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने सरकारी तथ्यांक छ ।

    यस्तै, कर्णाली प्रदेश सरकारले कृषकलाई अन्नबालीको क्षतिपूर्ति व्यवस्था गर्ने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषदको बैठकले अप्रत्यासित वर्षातबाट अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरि कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको हो ।

    बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाढीपहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई दुर्घटना बिमाबापतको रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।

    Advertisement
    Advertisement

    Post Views: 71
    ७ कार्तिक २०७८, आईतवार १३:०६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

    • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    धेरै पढिएको
    • १. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. प्रदेश १ मा माओवादीको असन्तुष्टि

    • ४. कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

    • ५. सत्ता साझेदार दलको बैठक बस्दै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology