पाँचथर । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ४० यात्रु घाइते भएका छन् । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तमोर करिडोर हुँदै फिदिम-दमक चल्ने को १ ख ३८६५ नम्वरको बस दुर्घटनामा परेको हो । बस फिदिम नगरपालिका ४ सरखण्डेमा दुर्घटना भएको हो । बस अनियन्त्रित भइ दुर्घटनामा परेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
घाइते मध्ये २४ जनालाई पाँचथर अस्पताल र वाँकीलाई पाथिभरा र समर्पित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ ।
बसमा ६० भन्दा बढी यात्रुहरु सवार रहेको बताइएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।