• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

चर्चित

  • १. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

  • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

  • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

  • ४. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कर्णालीमा उद्योग नवीकरण गर्ने न्यून, दर्ता गर्नेको होडबाजी

  •  राष्ट्रिय संञ्चार
  • ८ कार्तिक २०७८, सोमबार १४:१४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कर्णालीमा बर्सेनि नयाँ उद्योग दर्ता गर्ने दर बढ्दो छ । ठूला तथा मझौला उद्योग नभए पनि साना र घरेलु उद्योग दर्ता गर्ने होडबाजी नै चलेको पाइन्छ । नयाँ उद्योग दर्ता गर्ने होडबाजी चले पनि उद्योग नवीकरण गर्नेको संख्या भने न्यून छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका अनुसार पछिल्ला दुई आर्थिक वर्षमा कर्णालीमा नौ हजार एक सय ८५ उद्योग दर्ता भएका छन् । तर त्यसमध्ये दुुई हजार चार सय ८० वटाले मात्रै नवीकरण गरेको पाइन्छ  । ६ हजार सात सय पाँच वटा उद्योग  भने नवीकरण भएका छैनन् ।

    निर्देशनालयका सूचना अधिकारी रामबहादुर सारुका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा नौ सय ९१ मध्ये दुुई सय ९१ वटा दैलेखमा चार सय ३७ मध्ये ६१ वटा, सल्यानमा दुुई सय ५९ मध्ये ८२ वटा र जाजरकोटमा तीन सय ३५ वटा उद्योगमा ४८ वटा उद्योग मात्रै नवीकरण भएको छ । रूकुम–पश्चिममा दुुई सय सात वटा उद्योग रहे पनि जम्मा ४७ वटा नवीकरण भएको निर्देशनालयले जानकारी दिएको छ  ।

    Advertisement

    हुम्लामा चार सय ९० उद्योगमध्ये एक सय २६ वटा नवीकरण भएका छन भने डोल्पा, कालीकोट, जुम्ला र मुुगुको तथ्यांक उपलब्ध भएको छैन । आर्थिक वर्ष २०७७÷०७८ मा सुर्खेतमा एक हजार सात सय ७२ उद्योगमा पाँच सय ५१ उद्योग दर्ता भएको थियो भने  दैलेखमा एक हजार २८ वटा  मध्ये चार सय ७३ मात्र नवीकरण भएका थिए  । सोही वर्ष सल्यानमा पाँच सय १५ वटा मध्ये चार सय ७३ मात्र नवीकरण भएका छन् । यसैगरी, उक्त वर्षमा जाजरकोटमा पाँच सय ७१ मध्ये एक सय २८, डोल्पा चार सय २४ मा कुनै पनि उद्योग नवीकरण गरिएका छैनन् । डोल्पा र कालीकोटमा आर्थिक वर्ष २०७७/०७८ मा उद्योग नवीकरण नै भएका छैन । कालीकोटका दुई सय ९३ उद्योगमध्ये एउटाले पनि नवीकरण गरेका छैनन् ।

    रुकुम–पश्चिममा तीन सय १७ उद्योग दर्ता भएकोमा एक सय सात वटा मात्रै नवीकरण भएका थिए भने हुम्लामा पाँच सय ९६ मध्ये ६५ उद्योग नवीकरण भए । यस्तै, जुम्लाका सात सय १३ वटा उद्योगमा दुुई सय ११ र मुगुमा दुुई सय ३७ मध्ये एक सय उद्योग मात्र नवीकरण भएको निर्देशनालयका सूचना अधिकारी सारुले जानकारी दिएका छन् ।

    साना तथा घरेलु मात्र नभई वाणिज्यतर्फका उद्योगको पनि नवीकरण पनि न्यून छ । प्रदेशभर ६ हजार दुुई सय ३६ वाणिज्य उद्योग रहेका छन् । जसमा गत दुुई आर्थिक वर्षमा चार हजार चार सय पाँच मात्र नवीकरण भएको छ ।

    उद्योेग दर्ता गर्ने बढे पनि कारोबार नगर्ने भएकाले नवीकरण नहुने गरेको हो । उद्योग दर्ता गरेर झोलामा राख्ने प्रवृत्ति मौलाउँदै गएकाले पनि नवीकरण गर्ने दर बढेको हो ।

    Advertisement

    कतिपयले पुराना उद्योग नवीकरण गरेर खर्च गर्नुभन्दा नयाँ उद्योग दर्ता गर्ने गरेका छन् । धेरैजसो उद्योगको नवीकरण नहुँदा राजस्व संकलन समेत थोरै हुने गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव मुनबहादुर रावत उद्योग दर्ता गर्ने तर सञ्चालन नगर्ने प्रवृत्ति बढेको बताउँछन् । आर्थिक संकट र कारोबार हुन नसक्दा पनि नवीकरणमा समस्या हुने गरेको उनको भनाई छ ।

    रावतका अनुसार पछिल्लो समय कोरोना महामारीका कारण दुुई वर्षसम्म नवीकरण नगरेका उद्योग पनि छन् । उनी भन्छन्, ‘महामारीको प्रभावका कारण नवीकरण नभएका उद्योगलाई सहयोग गर्ने गरी नीति बनाउन लागिएको छ ।’ त्यसअघिका वर्षमा गरेको कारोबारको सम्पूर्ण विवरण पेस गरेमा नवीकरणमा लाग्ने शुल्क मिनाहा हुने निर्णय गर्ने प्रक्रियामा रहेको उनले जानकारी दिएका छन्  ।

    Advertisement
    Advertisement

    Post Views: 319
    ८ कार्तिक २०७८, सोमबार १४:१४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य
    यो पनि हेर्नुहोस
    १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

    • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

    • ४. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

    • ५. असिनाले बाली नष्ट : किसान चिन्तित

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology